Connect with us
Kapilvast Forest

च्याउ खाँदा आमाको मृत्यु, छोरो सिकिस्त

२०७६, २९ श्रावण बुधबारमा प्रकाशित

जाजरकोट । जङ्गली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन्।

जङ्गली च्याउ खाँदा बारेकोट गाउँपालिका-८ की ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको हो।

उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा मृत्यु भएको हो।

च्याउ खाँदा उनको १४ वर्षीय छोरो युवराज सिकिस्त बिरामी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj