Connect with us
Kapilvast Forest

जसपाबाट निर्वाचित वडाध्यक्षको अगुवाइमा पूर्व प्रधानमन्त्री भट्टराईको पुत्लादहन

२०७८, ११ जेष्ठ मंगलवारमा प्रकाशित

जनकपुरधाम-जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्षको अगुवाइमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्लादहन भएको छ।जसपाका वरिष्ठ नेतासमेत रहेका भट्टराईको पुत्ला उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकी राम साहको अगुवाइमा जसपाकै नेता कार्यकर्ताले जलाएका हुन्।

जनकपुरधामस्थित तपसी चौकमा जसपाका नेता कार्यकर्ताले पुतला जलाएका थिए।वडाध्यक्ष साह पनि स्वयं जसपाबाटै निर्वाचित जनप्रतिनिधि हो ।

नेता भट्टाराईले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नागरिकता सम्बन्धी अध्यादेशको विरोधमा वक्तव्य दिएपछि आफूहरूले उनको पुतला दहन गरेको वडाध्यक्ष साहले  बताउनु भयो ।

उहाँले मधेशी नागरिकले माग गर्दै आएको नागरिकता सम्बन्धी अध्यादेश जारी गरेर पूरा गरिएको भन्दै यसको विरोध गर्नु मधेश विरोधी कृयाकलाप रहेको उहाँको भनाइ छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu