५७७ वटा भेन्टिलेटर थपिए अझै १८० भेन्टिलेटर थप गर्ने तयारी
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारोना महामारीको समयमा आईसीयू, भेन्टिलेटर, एचडीयू, अक्सिजन प्लान्ट लगायतका मेसिन उपकरण तथा पूर्वाधार थप गरेको जानकारी दिएको छ।मन्त्रालयका अनुसार २०७७ साल वैशाखमा ३२७ वटा मात्र भेन्टिलेटर रहेकोमा हाल ९०४ वटा पुगेको छ।
मन्त्रालयले एकवर्षमा ५७७ वटा भेन्टिलेटर थप गरेको दाबी गरेको छ। यस्तै १८० वटा भेन्टिलेटर थप गर्ने प्रक्रिया शुरू भइसकेको पनि मन्त्रालयले जनाएको छ।
यसैगरी, गतवर्षको वैशाखमा २ हजार ६०० आइसीयू बेड संख्या रहेकोमा एक वर्षमा ४०० थप गरी ३ हजार पुर्याइएको मन्त्रालयले जनाएको छ।मन्त्रालयले ६३० वटा आइसीयू थप गर्ने प्रक्रिया पनि अघि बढाएको जनाएको छ।