Connect with us
Kapilvast Forest

सडक कालो पत्रे गर्नु मात्रै बिकाश होईन ,शिक्षा,स्वास्थ्य अपरिहार्य :केन्द्रीय सदस्य पोखरेल

२०७८, १३ जेष्ठ बिहीबारमा प्रकाशित

तस्विर :दिपक केसी

अर्जुन बेल्बासे ,कपिलवस्तु-नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले स्थानिय तहमार्फत हुने बिकास निर्माणको कार्यमा विकास बजेटको सबैभन्दा बढी हिस्साको रकम सडकमा खर्च हुने गरेको बताउनु भएको छ उहाँले स्थानीय तहको निर्वाचन पछि गठन भएको नगर सभाबाट आफनो नगर बिकासका लागि विस्तारित योजना बनाउदा सडक निर्माण कार्यलाई विशेष प्राथमिकाता दिन आग्रह गर्नु भएको छ  ।

हरेक स्थानिय तहले बजेट विनियोजन गर्दा सडक, स्वास्थ्य र शिक्षा नै बिकासका मुल सुचक हुन जरुरी देखिन्छ । स्थानिय तहका सरकारले गरिबी र पछि पर्नु भएका आफना नागरिकलाई यी सेवामा पहुच बढाउन अहिलेको परिपेक्ष्यमा अति नै सान्दर्भिक हुन्छ उहाँले भन्नु भयो ।

हरेक स्थानिय तहहरु जस्तै शिवराज नगरपालिकाले पनि अन्य विकाश निर्माका कुरा भन्दा पनि सडक निर्माण कार्यलाई बढी प्राथमिकतामा राखरे बजेट बाडँफाड हुने गरेको बतााउनु भयो ।

बिकास निर्माणको नाममा सडकमा बजेट खन्याउने होडबाजी 

नयाँ ट्र्याक खोल्ने र पुराना सडक मर्मत, अनुगमन समिति, प्राबिधिक निरिक्षण ,सामाग्री तथा उपकरण खरिद तथा निर्माण बिभिन्न शिर्षकमा ठुलो परिणाममा रकमकमे खर्च देखाउने शिर्षक भएकैकारण बजेट विनियोजन गरिएको हुन सक्ने आरोप समेत लगाउनु भयो जनप्रतिनिधि निर्वाचित भएको ४ वर्षमा धेरै सडक कालो पत्रे भयो ,त्यो कालोपत्रे सडकले स्थानियको जीवन स्तरमा के परिवर्तन आयो वा आएन , यसको लेखाजोखा गर्ने बेला आईसकेको बताउनु भएको छ।

अबको बजेट सडक निर्माणकार्य भन्दा पनि स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा उच्च प्राथमिकता दिँनु पर्ने बताउनु भएको छ ।कोरोना भाइरसले निम्त्याएको नयाँ परिस्थितिले सिर्जना गरेको नयाँ चुनौती सामना गर्ने विषयलाइ मुख्य आवश्यकता मानेर आगामी आर्थिक वर्षको बजेट केन्द्रीत हुन जरुरी भएको बताउनु भएको छ ।

जनस्वास्थ्य क्षेत्रलाइ निराश नहुने गरी बजेटको अपरिहार्य

अवको बजेटमा शिवराजमा जनस्वास्थ्य क्षेत्रलाइ निराश नहुने गरी बजेट छुट्याएमा नगरलाई दिर्घाकालिन फाइदा पुग्ने भएकाले यसको लेखाजोखा गर्दै अबको बजेट सडक निर्माणकार्य भन्दा पनि स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा लगानी गर्नुपर्ने देखिन्छ ।नगरमा डाक्टर सहितको महिला, बालबालिका, हाडजोर्नी लगायतका बिशेषज्ञ सेवा दिने अस्पतालको सुरुवात गर्न सके शिवराज नगरको मात्रै नभई छिमेकी नगरपालिका बुद्ध भुमी,महाराजगन्ज कृष्णनगर तथा बिजयनगर गाउँपालिकाका मानिसलाई समेत सुबिधा मिल्ने र यस क्षेत्रका बिरामीहरु सेवा लिन बुटवल , भैरहवा , काठमाडौ र भारतका विभिन्न शहरहरुमा उपचार गर्न जानुपर्ने बाध्यताको अन्त्य हुने र हामीले चाहेको “समृद्ध नेपाल, सुखी नेपाली “को सपना साकार भए सगैँ शिवराज नगरपालिका कपिलवस्तुकै अब्बल नगरको रुपमा साबित हुने बताउनु भएको छ ।
शिक्षा नै देशको परिचय हो

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले इतिहास हेर्दा विगत वर्षहरुमा सरकारले शिक्षा क्षेत्रमा पनि अत्यन्तै कम रकम विनियोजन गरेको देखिन्छ । कुनै पनि देशको शिक्षा भनेको त्यो देशको मेरुदण्ड हो । देश विकासको पहिलो आधार पनि हो । देशको परिचय पनि हो गुणस्तरीय शिक्षाको लागि सरकारले शिक्षाक्षेत्रमा बढी रकम विनियोजन गर्नु पर्छ । गुणस्तरीय शिक्षाका लागि प्रयाप्त बजेट आवश्यक पर्दछ उहाँले भन्नु भएको छ ।यही आउँदोे जेठ १५ गते नेपाल सरकारले आ.ब. २०७८।०७९ को राष्ट्रिय बजेट संसदमा अध्यादेश मार्फत प्रस्तुत गर्ने गर्ने अनुमान गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu