Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय महिला अधिकार दिवसको शुभकामना

२०७८, १६ जेष्ठ आईतवारमा प्रकाशित

bidya_bhandari_presedent_nepal

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हकअधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले २०६३ साल जेठ १६ गते तत्कालीन पुनस्र्थापित प्रतिनिधि सभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’ पारित गरेको उल्लेख गर्दै भन्नुभएको छ,

“नेपाली महिलाको अधिकारलाई कानुनी संरचनाद्वारा सुनिश्चित गर्ने आधार संसद्बाट निर्माण गरिएको दिनको स्मरणस्वरूप जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएकोमा मलाई खुसी लागेको छ ।

यसैविच संयुक्त राष्ट्रसङ्घ शान्ति सेना दिवसका अवसरमा राष्ट्रपति भण्डारीले शनिबार शान्ति सेनामा खटिएका योद्धा र राष्ट्रसङ्घ परिवारलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

शान्ति सेनाका रूपमा खटिएर विश्वकै जनताको सुरक्षा गरिरहेको नेपालले विश्व शान्ति स्थापनाका लागि निरन्तर योगदान गरिरहने उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

शान्ति स्थापनार्थ खटिने क्रममा शहादत प्राप्त गरेका शान्ति सेनाको योगदान पनि उहाँले स्मरण गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल सन् १९५८ देखि शान्ति सेनामा सहभागी हुन थालेको हो । अहिले नेपाल विश्वमै धेरै शान्ति सेना पठाउने देशमध्येको चौथो स्थानमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu