सुनसरीमा १६५ केजी गाँजा सहित एक जना पक्राउ
इनरुवा- सुनसरीको सीमावर्ती क्षेत्रबाट १६५ केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरी र सीमा प्रहरी चौकी भाण्टावारीबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा सनिबार राती २ः४५ बजेको समयमा १६५ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले सुनसरीको कोशी गाँउपालिका–८ स्थित राजमार्ग दक्षिणपट्टी रहेको पानीटंकी नजिक प्लाष्टिकले वेरी शंकास्पद रुपमा राखिएको ६ थान बोरा फेला पारेको थियो । उक्त बोरा खोलि हेर्दा लागु औषध तयारी गाँजा देखिएकाले गाजाको धनिको खोजी गर्ने क्रममा नजिकै कोशी गाँउपालिका–८ का ४० वर्षिय गणेश यादवलाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका यादव माथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट आईतबार म्याद थप गरी अनुसन्धान कार्य भईरहेको थापाले बताउनुभयो ।