Connect with us
Kapilvast Forest

संक्रमितको शव व्यवस्थापन जुट्दै सैनिक महिला

२०७८, १६ जेष्ठ आईतवारमा प्रकाशित

 

बिजुवार- प्यूठानमा कोरोना संक्रमितको शव व्यवस्थापन महिला सैनिकले गरेका छन । कारोना संक्रमित भई बिजुवार आइसोलेशनमा उपचारको क्रममा मृत्यु हुनुभएकी प्यूठान नगरपालिका –३ निबासी एक ६६ बर्षीया महिलाको शव विशेष तालिम प्राप्त महिला सैनिक टोलीले व्यवस्थापन गरेको हो ।

आइतबार नेपाली सेनाको ईन्द्रध्वज गणबाट खटिएको महिला सैनिक टोलीले बिजुवारस्थित झिमरुक नदीमा हिन्दू परम्परानुसार शव व्यवस्थापन गरेको गणपति अर्जुनबिक्रम थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ’कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव मृतकको सांस्कृतिक परम्पराअनुसार व्यवस्थापन हुन्छ।’

प्यूठानमा कोरोना संक्रमितको शव व्यवस्थापनमा यसअघि पुरुष सैनिक मात्रै खटिँदै आएका थिए ।इन्द्रध्वज गणले पहिलो पटक उपसेनानी बुद्वलक्षमी श्रेष्ठको नेतृत्वमा पाँच जना महिला सैनिकलाई संक्रमितको शव व्यवस्थापनमा खटाएको इन्द्रध्वज गण प्यूठानका सहसेनानी,कोभिड फोकल अधिकृत खिमबहादुर अधिकारीले बताउनुभयो ।
प्यूठानमा आजसम्म मृत्यु भएका ४८ मध्ये १८ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको गणले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu