Connect with us
Kapilvast Forest

कोरोनोले कपिलवस्तु अस्पतालमा मात्रै ६९ जनाको मृत्यु

२०७८, १६ जेष्ठ आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

कपिलवस्तु  -कोरोनोको दोश्रो चरणमा कपिलवस्तु अस्पतालमा उपचार गराउन आएका मध्ये ६९ जनाको मृत्यु भएको छ । दोश्रो चरणमा कुल दुइ सय २६ जना अस्पतालमा उपचार गर्न आएको मेसु किशोर बन्जाडेले बताउनु भयो । त्यस मध्ये १ सय ४० जना सकुसल घर फर्किएको उहाँले बताउनु भयो । अहिले अस्पतालमा २५ जना बिरामी उपचार गराईरहेका छन ।

कपिलवस्तुकालागि ८७ भाईल कोभिसिल्ड खोप
फागुन २३ गते अघि पहिलो खोप लिएर दोश्रो खोप लिन छुटकोहरुकालागि कपिलवस्तुकालागि ८७ भाईल खोप आएको छ । फागुन २३ गते अघि पहिलो खोप लिएर दोश्रो चरणको खोप लिनबाट बंचित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईर्मीकालागि मात्र सो खोप आएको हो ।

सुरक्षा निकाय र पालिकाबाट त्यसकालागि नामावली माग गरिए अनुसार ७ सय बढीको नाम आइस् सकेको बरिष्ठ जनस्वास्थय अधिकृत पाण्डेयले बताउनु भयो । नामवली आएकाहरुलाई यही जेठ १९ र २० गते खोप लगाईने छ । खोप लागउनकालागि जिल्ला स्वास्थय कार्यालय, पिपरा र शिवराज सामुदायिक अस्पतालमा खोप केन्द्र संचालन गरिने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu