Connect with us
Kapilvast Forest

वरिष्ठ गायक दिप श्रेष्ठको स्वास्थ्यमा सुधार

२०७८, १८ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं-वरिष्ठ गायक दिप श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ । कोरोना संक्रमण भएपछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको स्वास्थ्यमासुधार आएको हो । श्रेष्ठ निर्णायक रहेको गायन रियालिटी शो भ्वाइस अफ नेपालका निर्देशक शुशील नेपालले श्रेष्ठको स्वास्थ्यमा निकै सुधार आएको बताउनु भएको छ ।उहाँले फेसबुक मार्फत यस्तो जानकारी दिनु भएको हो ।

उहाँले फेसबुकमा लेख्नु भएको छ , ‘भर्खरै भेटेर आईयो।।।आदरणीय महागुरू कोच दिपको स्वास्थ्यमा घेरै नै सुधार देख्दा मन निकै प्रफुल्लित भएको छ। आशा गरौ चाडो भन्दा चाडो उहाँलाई कोचको कुर्सीमा देख्न पाउने छौ।

अस्पतालमा रात दिन नभनि खटिरहनु भएका डॉक्टरहरू, नर्सहरू लगायत अरू स्वास्थ्य कर्मी र विश्व भरी छरेर रहनु भएका उहाँको करोड़ौ प्रशंसक, श्रोताहरु, साथी९भाईहरूको प्रार्थनाले गर्दा पनि यो सम्भव भएको छ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu