अर्थतन्त्रमा ८ खर्बको योगदान दिइरहेको क्षेत्र बजेटमा उपेक्षित
काठमाडौं – संकटका बेला देशको अर्थतन्त्रलाई क्रियाशिल बनाउन पुनरूत्थान गर्ने बजेट ल्याएको दाबी गरेको सरकारले वार्षिक ८ खर्ब रेमिट्यान्स भित्र्याउने विदेशमा कार्यरत १५ लाख भन्दा बढी युवालाई भने सम्बोधन गरेको छैन ।
सरकारले आगामी आर्थिक वर्षका लागि विभिन्न राहतसहित १६ खर्बको बजेट प्रस्तुत गरे पनि त्यसको आधा राशी बराबरको विदेशी मुद्रा स्वदेश ल्याउने गरिब युवाको उद्धार र सहयोगका लागि केही कार्यक्रम नै ल्याउन नसकेको हो । बजेट वक्तत्वमा कोरोनाका कारण पछिल्लौ समय विदेशमा अलपत्र परेको उद्धारका सम्बन्ध केही उल्लेख नै गरेको छैन ।
यसरी नै वैशाख महिलामा श्रम स्वीकृति दिएका ३२ हजार नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने सम्बन्धमा समेत सम्बोधन नै गरिएको छैन ।आजको कारोबार दैनिकबाट