कति छ आज सुनको मूल्य ?
काठमाडौं – आज सुनको मुल्य मूल्य स्थिर छ।सोमबार पनि २ सयले बढेको थियो। हिजो मंगलबार सुन ३ सयले बढेको थियो भने आज स्थिर छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ रहेको छ । चाँदीको मूल्य आज प्रतितोला १० रूपैयाँ घटेर १ हजार ३६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।