तोलामा १५ सयले घट्यो सुनको मूल्य
काठमाडौं -नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा १५ सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३४० कायम भएको महासंघले जनाएको छ ।