Connect with us
Kapilvast Forest

प्रदेश सांसदका छोराले चलाएको कारको ठक्करबाट एकको मृत्यु

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

death

मोरङ — प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करले बिहीबार राति विराटनगरस्थित एयरपोर्ट रोडमा एक भारतीय नागरिकको मृत्यु भएको छ । एक जना घाइते हुनुभएको छ ।

 

भारतको अररिया घर भई विराटनगर–४ स्थित न्यु एभरेस्ट फर्निचर उद्योगमा कार्यरत ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको हो । प्रदेश३–०१–००२च २१३९ नम्बरको कारको ठक्करबाट घाइते शर्मालाई उपचारका लागि कोसी अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका कटहरी गाउँपालिका–२ का २७ वर्षीय राजकुमार राजवंशीको नोबेल अस्पतालमा उपचार भइरहेको छ । सांसद कार्कीका छोरा रोबिनले तीव्र गतिमा चलाएको कारले पैदल यात्रीलाई ठक्कर दिएको स्थानीयले बताएका छन् । कार्कीले साथीहरूसँग एक होटेलमा मादक पदार्थ सेवन गरेर कार चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काको भनाइ छ । उनीहरू फरार रहेकाले खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu