Connect with us
Kapilvast Forest

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नेबारे अध्ययन गर्न समिति गठन

२०७८, २२ जेष्ठ शनिबारमा प्रकाशित

 

जनकपुरधाम -नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जनकपुरधामस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका निम्ति अध्ययन गर्न समिति बनाउनु भएको छ ।

मन्त्रीमा नियुक्त भएपछि पदबहाली ग्रहण गर्नेवित्तिकै पहिलो निर्णय गर्दै मन्त्री अरगरियाले जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा समिति गठन गर्नु भएको हो ।

 

समितिले अध्ययन गरी आवश्यक सिफारिससहित प्रतिवेदन पेश गर्ने मन्त्री अरगरियाको सचिवालयले जनाएको छ ।जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गरी मन्दिरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्नेमा मन्त्री गरगरियाको जोड छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu