Connect with us
Kapilvast Forest

अपरिचित व्यक्तिले १०० मा फोन गरेपछि बालिकाको ज्यान जोगियो

२०७८, २२ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं – घटना बिहीबार रातिको हो। करिब ७ स् २७ बजे जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल १०० मा फोनको घण्टी बज्यो। राजविराजबाट १४ वर्षीया बालिकालाई अपहरण गरेर लगेको कसैले फोनबाट प्रहरीलाई खबर गर्‍यो।

कन्ट्रोलले घटनाबारे बढीभन्दा बढी बुझ्ने प्रयास गर्‍यो। रातो रङको अपाची मोटरसाइकलमा ३०र३५ वर्षीय अपरिचित व्यक्तिले बालिकालाई राजदेवी मन्दिर, पोखरेल टोल हुँदै उत्तरतर्फ लगेको जानकारी आयो। कन्ट्रोलले सञ्चार शाखालाई बतायो। सञ्चार शाखाले तत्कालै सबैतिर घटनाबारे जानकारी दियो।

यो खबर एसपी, डीएसपी, इन्स्पेक्टर सबैको वाकिटकीमा सुनियो। एसपी राजेन्द्रप्रसाद धमलाले घटना तत्काल भएको जानकारी पाएपछि सबै नाकामा कडाइ गर्न र चेकजाँच गर्न निर्देशन दिए। उनले आधा घण्टामा परिणाम ल्याउन पनि कडा निर्देशन दिँदै सम्पर्क र निर्देशनमा व्यस्त रहे। प्रहरी कार्यालयबाट डीएसपी माधवप्रसाद काफ्ले र इन्स्पेक्टर रामसागर सिंहको छुट्टाछुट्टै टोली निक्लियो।

राजविराजबाट ९ किलोमिटर उत्तर रूपनी नजिक पुगेका आरोपितको प्रदेश २–०३–०१३ प–४६८२ नम्बरको रातो रङको मोटरसाइकल र बालिकालाई समेत देखेपछि इलाका प्रहरी कार्यालय रूपनीको टोलीले शंका लागी घेराउ गर्‍यो। बालिकालाई प्रहरीले नै नाम र ठेगानासहित सम्बोधन गर्दै जानकारी माग्यो।

बालिकाले हो भन्नासाथ प्रहरीले आरोपितलाई नियन्त्रणमा लियो। जिल्ला प्रहरी कार्यालयमा छोरीको खोजीको याचना गर्दै बसेका बालिकाका आमाबुवालाई सान्त्वना दिइरहेका प्रहरीले बालिका फेला परेको र आरोपित पक्राउ परेको खबर सुनाए। वाकीटकीमा प्रहरीहरूबीच भएको कुराकानी सुनेपछि मात्र बालिकाले आफू अपहरणमा परेको थाहा पाइन्।

बालिकाले बताएअनुसार बिहीबार साँझ बालिकाका आमाबुवा औषधोपचारका लागि घरबाहिर निक्लिएका थिए। सोही मौका छोपी आएका अपरिचित व्यक्तिले विदेशबाट आएको बुवाको साथी भन्दै आँगनमा १५ मिनेटसम्म ७० वर्षीय हजुरबुवा र ६८ वर्षीय हजुरआमासँग कुरा गरे।आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu