Connect with us
Kapilvast Forest

मापदण्ड भन्दा कम वायु प्रदूषण, काठमाडौंलगायतका शहरमा वायु प्रदूषण न्युन

२०७८, २२ जेष्ठ शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

 

 

काठमाडौं- वायु प्रदूषणको मुख्य शिकार बन्दै आएको नेपालका मुख्य शहरहरुमा वायुप्रदूषणको दर राष्ट्रिय मापदण्ड भन्दा पनि तल झरेको छ । पाँच सय प्रतिशत भन्दा बढी वायु प्रदूषण हुने गरेको काठमाडौं लगायतका मुख्य शहरमा वायु प्रदूषण न्युन मात्रामा रहेको छ ।

बढी प्रदूषण हुने मुख्य शहर काठमाडौं लगायत नेपालगञ्ज, पोखरा, धनगढी, चितवन, भरतपुर, सिमरा, हेटौँडा र भक्तपुरमा राष्ट्रिय मापदण्ड ४० माइक्रोग्राम सूक्ष्म कण भन्दा कम रहेको वातावरण विभागको तथ्याङकले देखाएको छ ।

 

सरकारले वायुको गुणस्तर सम्बन्धि राष्ट्रिय मापदण्ड, २०६९ मा पिएम २।५ मापन गर्दा प्रतिघनमिटर वायुमा ४० माइक्रोग्राम सूक्ष्म कणलाई गुणस्तरीय वायु भनेर राष्ट्रिय मापदण्ड तोकेको छ । वायु गुणस्तर मापन सूचक (एक्युआइ) ले गरेको मापनमा वायुको गुणस्तर तीन सयभन्दा बढी पुग्ने गरेको तथ्याङक छ ।

यता विश्व स्वास्थ्य संगठनले भने २५ माइक्रोग्रामलाई गुणस्तरीय वायु भनेर मापदण्ड तोकेको छ । कोरोना भाईरस ९कोभिड–१९० को महामारीका कारण सवारीसाधन सञ्चालन कम भएसँगै वायु प्रदूषण पनि ह्वात्तै घटेको पाइएको छ । यातायात व्यवस्था विभागमा दर्ता भई सञ्चालनमा रहेका ३२ लाख भन्दा बढी सवारीसाधन मध्ये विगत एक महिना देखि केही मात्र सञ्चालनमा रहेका छन् । वातावरण विभागले गरेको अनुगमनले इन्धनबाट चल्ने सवारीसाधन मध्ये ७७ प्रतिशत मापदण्डभन्दा बढी धुवाँ फाल्ने गरेको पाइएको पाइएको थियो ।

उच्च वायु प्रदूषणका कारण ज्येष्ठ नागरिक, बालबालिका, दम, श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीमा अत्यन्तै जोखिम हुने हुनाले सचेत रहनुपर्ने विज्ञहरुले ध्यानाकर्षण गराउदै आएको छ । सोहीअनुसार सरकारले विद्यालय समेत चार दिन बन्द गर्ने निर्णय गरेको थियो । मौसमविद् समीर श्रेष्ठले भने सवारीसाधनबाट निस्किएको धुँलोका कारण प्रदूषित बनेको वायुले मानवस्वास्थ्यलाई धेरै हानी पु¥याउने मात्र नभएर वातावरण र मौसममा समेत नकरात्मक प्रभाव पार्ने गरेको बताउनुभयो । यो नतिजालाई अनुसरण गर्दै सवारी प्रदूषणलाई नियन्त्रण गर्नु पर्ने मुख्य देखिएको श्रेष्ठले बताउनुभयो ।

वायु प्रदूषणको गुणस्तरको सूचक २५१ नम्बरका साथ काठमाडौँ पहिलो नम्बरमा पुगेको थियो । काठमाडौँबाहेक अति अस्वस्थकर वायु प्रदूषण रहेको अन्य सहरमा नेपालगञ्ज, पोखरा, धनगढी, चितवन, भरतपुर, सिमरा, हेटौँडा र भक्तपुर पनि प्रदुषित बन्ने गरेको थियो तर हाल न्युन मात्र वायु प्रदूषण रहेको वातावरण विभागले मापन गर्ने पोलुसन डट जिओभि डट एनपिको तथ्याङकले देखाएको छ । विश्व वातावरण दिवशमा यसरी प्रदुषण रहित वायुमा सास फेर्न पाउनु खुसीको कुरा भएको बताउदै वायु प्रदूषणको स्तरलाई यसमै कायम राख्न सरकारले नयाँ नीति ल्याई कडाइका साथ कार्यन्वय गर्नु जरुरी रहेको नेपाल वातावरण पत्रकार समुहका अध्यक्ष कसमस विश्वकर्माको सुझाव छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu