Connect with us
Kapilvast Forest

कारको ठक्करबाट पैदलयात्रीको ज्यान लिने सांसदका छोरा पक्राउ

२०७८, २३ जेष्ठ आईतवारमा प्रकाशित

विराटनगर- एक मजदुरको ज्यान लिएको र अर्का एक जनालाई घाइते बनाएका प्रदेश सांसदका छोरा पक्राउ परेका छन्।पक्राउ पर्नेमा प्रदेश १ प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा रोबिन भनिने रविन कार्की हुन्। कार्कीलाई आइतबार अपराह्न विराटनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिए।

पक्राउ परेका कार्कीलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गर्ने प्रहरीको तयारी छ। कार्कीलाई सवारी ज्यान मुद्दामा म्याद थप गरिने छ। बिहीबार राति साढे सात बजे रोविनले मदिरा सेवन गरी चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो। त्यस दुर्घटनामा ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो।

त्यही दुर्घटनामा मोरङ कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन्। मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार रहेका हुन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu