अब देखि एग्रोभट पसल चोबिसै घन्टा खोल्न पाउने
कपिलवस्तु –धान खेती सिजनलार्ई मध्यनजर गर्दै प्रशासन कार्यालयले निषेधाज्ञामा एग्रोभेट बिउबिजन पसल पसललाइ अत्यावश्यकीय कार्यको सुचीमा राखेको छ । अब देखि लकडाउनमा समेत चौबिसै घन्टा एग्रोभेट र बिउबिजन पसल संचालन गर्न दिईने निर्णय भएको प्रजिअ चक्रपाणी पाण्डेयले जानकारी दिनु भयो ।
कृषकहरुको सहजता र धान खेतीलाई मध्यनजर गरी एग्रोभट पसललाई अत्यावश्यकीय सुचीमा राखेर संचालन गर्न दिईने निर्णय भएको उहाँले बताउनु भयो । औषधी पसल, दुध तथा डेरी, फलफुल तरकारी, बैकिङ सेवा लागायतलाई अत्यावश्कीय सुचीमा राखिएको छ ।
प्रशासनले एग्रोभेटलाई अत्यावश्कीय सुचीमा राखेकोमा एग्रोभेट संचालक र कृषकहरु खुशी भएका छन । तौलिहवामा एग्रोभेट संचालन गर्दै आएका रामचन्दू मुराउले यो निर्णयले कृषकहरुलाइ अब सहजता थपेको बताउनु भयो ।