मुख्यमन्त्री राउतद्वारा चार मन्त्रीलाई बर्खास्त
काठमाडौं-प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चारजना मन्त्रीलाई बर्खास्त गर्नु भएको छ । मुख्यमन्त्री राउतले राजपा बाट प्रतिनिधित्व गर्ने एक मन्त्री र ३ राज्य मन्त्रीलाई बर्खास्त गर्नु भएको हो ।
भौतिक पुर्वाधार तथा व्यवस्था मन्त्री जितेन्द्र सोनल, राज्य मन्त्री डिम्पल झा, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा तथा उद्योग, वन तथा पर्यटन राज्य मन्त्री सुरेश मण्डललाई बर्खास्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्राले जानकारी दिनु भयो ।
उहाँहरु चारैजना जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका हुनुन्थ्यो । यसअघि आइतबार दिउँसै जसपाको बैठकले राउतलाई संसदीय दलको नेता चयन गरेको थियो ।
केन्द्रमा ठाकुर–महतो पक्ष केपी ओली नेतृत्वको सरकारमा गएपछि जसपाको बिबाद चर्किएको छ । यसैको प्रभाव प्रदेश नम्बर २ मा पनि देखिएको हो ।
