Connect with us
Kapilvast Forest

महामारीको सङ्कटसँग लड्न सामूहिक सङ्कल्प गरी अगाडि बढौँ:प्रधानमन्त्रीओली

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

 

 

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) महामारीको सङ्कटसँग लड्न सामूहिक सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) स्थापनाको २४औँ वार्षिकोत्सवका अवसरमा सन्देश दिनुहुँदै उहाँले भन्नुभएको छ, “इतिहासकै यस कठिन घडीमा सामूहिक सङ्कल्प गरेर अगाडि बढ्नु नै उत्तम तरिका हो ।”

आफ्ना अनुभव आदानप्रदान गर्दै यस क्षेत्रको स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्न, व्यापार र प्रविधि, विज्ञान र नवीनतम आविष्कारमा आपसी सहकार्यको गति विस्तार गर्न क्षेत्रीय र वैश्विक सहयोग अहिलेको अवस्थामा महत्त्वपूर्ण रहेको प्रधानमन्त्री ओलीले औँल्याउनुभएको छ ।
प्रधानमन्त्री ओलीले यस महामारीको निराकरणको महत्त्वपूर्ण हिस्सा कोरोनाविरुद्धको खोप रहेको बताउँदै बिम्स्टेक क्षेत्रका लागि समयमै सहज पहुँचका साथ खोप सुनिश्चित गर्न थप प्रयास बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले महामारीको दोस्रो लहरका कारण नेपाल आक्रान्त रहेको चर्चा गर्दै यस व्याधीबाट आमनागरिकलाई संरक्षण गर्ने उपकरण, औषधि र खोप आपूर्ति, अक्सिजन, भेन्टिलेटर, आईसीयू, शøया दिएर बिरामीको उपचार सुनिश्चित गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।
दिगो विकासको लक्ष्य कार्यान्वयनमा विश्वव्यापी स्वास्थ्य सङ्कट सम्बोधन गर्न तथा विशेष गरी गरिबी उन्मूलन गर्ने तथा यस क्षेत्रका जनताका लागि आधारभूत सामाजिक सुरक्षा सुनिश्चित गर्नु महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।

महामारीले व्यापक रूपमा सामाजिक क्षेत्रमा प्रभाव पारेको औँल्याउँदै प्रधानमन्त्री ओलीले महिला, बालबालिका, वृद्धवृद्धा, गरिब, सीमान्तकृत समुदाय अप्रत्याशित रूपमा प्रभावित बनेको सन्देशमा उल्लेख गर्नुभयो । उहाँले महामारीका कारण शिक्षा क्षेत्र अवरोध आए पनि लाखौँ विद्यार्थीको भविष्यमा सम्झौता नगर्नका लागि यस क्षेत्रका मुलुकले ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

सन् २०१८ मा काठमाडौँमा भएको चौथो बिम्स्टेक शिखर सम्मेलनले जारी गरेको घोषणापत्रले कल्पना गरेअनुसार नेपाल यस क्षेत्रको शान्ति, समृद्धि र दिगो विकासका लागि काम गर्न प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।आगामी शिखर सम्मेलन संस्थागत सुदृढीकरण र सदस्य राष्ट्रबीच बहुक्षेत्रीय सहयोगको गहनता र बडापत्र स्वीकृतिका लागि कोसेढुङ्गा साबित हुने विश्वास प्रधानमन्त्रीले सन्देशमार्फत व्यक्त गर्नुभएको छ ।

बिम्स्टेक सदस्य मुलुकका सरकार प्रमुख तथा विदेशमन्त्रीहरूले यस दिवसका अवसरमा आफ्ना साझा धारणासहितका सन्देश आदानप्रदान गर्नुभएको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानका प्रधानमन्त्री लोट्टे छिरिङ, म्यान्मारका राज्य प्रशासनिक परिषद्का प्रमुख मिनआङ ल्याङ, श्रीलङ्काका प्रधानमन्त्री गोटाबाया राजापाक्षे र थाइल्यान्डका प्रधानमन्त्री डन रामुद्विनीले सङ्कटको घडीमा एकताबद्ध भएर अगाडि बढ्ने प्रण गर्नुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu