Connect with us
Kapilvast Forest

 विश्वकप छनोटका लागि   नेपाल आज जोर्डनसँग भिड्दै

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं-फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ ।

खेल राति ९स्४५ बजे शुरू हुनेछ ।अघिल्लो खेलमा चाईनिज ताईपेलाई २-० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ । नेपालले विश्वकप फुटबल २०२२ तथा एशियाली फुटबल २०२३ को छनोट खेलमा सोमबार जोर्डनको सामना गर्दैछ ।

नेपालको राष्ट्रिय टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले जोर्डनको सामना गर्न नेपाल पूर्णरुपमा तयार रहेको बताउनुभएको छ ।नोट खेलको पूर्ब सन्ध्यामा अलमुतैरीले जोर्डन स्तरीय टोलि रहेपनि जित्ने लक्ष्यका साथ नेपाली टोलि मैदानमा उत्रिने बताउनुभएको हो

। उहाँले भन्नुभयो, “प्रत्येक खेल ०–० बाट सुरु हुन्छ, तर खेल मैदानमा टोलिको प्रदर्शनको आधारमा जित हार हुन्छ, सुरुबाट नै हामीले जित्ने लक्ष्य लिएर मैदानमा उत्रिनेछौं ।” “हाम्रो लक्ष्य एशिया कपका लागि छनोट हो र त्यसका लागि जोर्डन बिरुद्ध जित्नुपर्ने हुन्छ ।”– प्रशिक्षक अलमुतैरीले थप्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu