Connect with us
Kapilvast Forest

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै : नागरिकको खाद्य अधिकार र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको दाबी

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

world-food-safety-day-.jpg

काठमाडौं- ‘आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन’ भन्ने नारासहित आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदैछ । सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । त्यसयता सन् २०१९ देखि हरेक वर्ष विश्व खाद्य स्वच्छता दिवस मनाइन्छ ।

सरकारले गुणस्तरीय खाद्य पदार्थ उपलब्धताको सुनिश्चितताका लागि काम गरिरहेको दाबी गरेको छ । तर, मिसावट र अखाद्य वस्तुको प्रयोग बढ्दै जाँदा उपभोक्ता भने गुणस्तरहीन खाना खान बाध्य हुनु परेको अवस्था छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले आयात गरिएकाे खाद्य वस्तुको नियमनलाई प्रभावकारी बनाउन छिटो छरितो र भरपर्दो रुपमा परीक्षण गरी प्रभावकारी नियमन गर्ने व्यवस्था मिलाउन मन्त्रालयले पहल गरिरहेको बताउनुभयो ।

यस्तै, दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको खाद्य अधिकार र स्वास्थ्य सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । खाद्यवस्तु स्वच्छताका लागि सरकारले निरोगी नेपालको अवधारणा अघि सारेको प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले सन्तुलित, पोसिलो तथा स्वच्छ खानाको उपभोग गर्न र व्यक्तिगत सरसफाइ कायम राख्न अपिल गर्नुभयो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu