Connect with us
Kapilvast Forest

माधव नेपाल पक्षको बैठक सुरु, पार्टीको धारणा केही समयभित्रै सार्वजनिक हुने

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

 

काठमाडौं- नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षको भर्चुअल बैठक सुरु भएको छ । एमाले नेता सोमप्रसाद पाण्डेका अनुसार जेठ २३ गते राती प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका सम्बन्धमा वक्तव्य जारी गर्नुभएपछि यसखाले बैठक बसिएको हो ।

नेपाल पक्षका नेताहरुले नेकपा माओवादी केन्द्रका नेताहरुसँग भेटघाट गरेर छलफल गर्ने विषयमा सञ्चारमाध्यममा मनगढन्ते कुराहरु आएको भन्दै उहाँले बैठक भर्खर सुरु हुन लागेपछि आधिकारिक वक्तव्य केही घण्टाभित्रै सार्वजनिक हुने जानकारी समेत गराउनुभएको छ ।

नेता नेपाल पक्षले पार्टी एकताका लागि पार्टी अध्यक्ष ओलसिँग २०७५ जेठ २ गतेको बटमलाइन राख्दै आएको थियो र यसै सन्दर्भमा पार्टी अध्यक्ष ओलीले पनि जेठ ३ अगावैको अवस्थामा फर्किने प्रतिबद्धता जनाइसक्नुभएको छ ।

यसपछि ुसरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट र घनश्याम भुषालबीचमा पार्टी अध्यक्ष ओलीको पहल सकारात्मक भएको भन्ने विषयमा छलफल समेत भएको छ । तर, नेपाल पक्षका अझै केही नेताहरु भने यसमा सहमत हुन सकेका छैनन्, यसैबारे बोल्नुहुदै नेता पाण्डेले पार्टी आधिकारिक संयुक्त वक्तत्वय केही समयभित्रै सार्वजनिक हुने र अन्य पार्टीहरुसँग कुनै सरोकार नभएको पनि बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu