Connect with us
Kapilvast Forest

अतिक्रमण जग्गा फिर्ता लिने काम मेराे कार्यकालमा सुरु भयाे:मन्त्रीतुम्बाहाम्फे

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं– निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फेले आफ्नो कार्यकालमा व्यक्तिले आफ्नो नाममा लगेका सरकारी जग्गा सरकारको नाममा फिर्ता गर्न सफल भएको बताउनुभएको छ ।

सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री तुम्बाहाम्फेले आफ्नो कार्यकालमा व्यक्तिले दूषित मनसायका साथ आफ्नो नाममा दर्ता गरेर लगेको जग्गालाई फिर्ता गर्ने लक्ष्य लिएको भन्दै त्यस्ता जग्गा फिर्ता लिने काम प्रारम्भ गरेको बताउनुभयो । उहाँले सुनसरीमा एक सय ७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइसकिएको र काठमाण्डाैमा पनि अतिक्रमण भएको जग्गा फिर्ता लिने काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सुनसरीमा एक सय ७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइ सक्यौँ । राजधानीको मुटुमा रहेको जग्गा जुन सरकारको नाममा थियो । दूषित मनशायका साथ विभिन्न व्यक्तिले त्यो जग्गा हडपेका थिए । जग्गा बिक्री/वितरण गरिएको थियो । ती व्यक्तिलाई म्याद तामेलको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । व्यक्तिले अतिक्रमण गरेर लगेको जग्गाको हकमा केही जग्गा सरकारको नाममा ल्याउने काम सकेका छौँ र अझै पनि छानबिन हुँदैछ ।’

निवर्तमान मन्त्री तुम्बाहाम्फेले आफ्नो कार्यकालमा जग्गा नाप जाँचको नयाँ प्रविधि लाइडर प्रविधि अपनाएको र नारायणीदेखि पश्चिम महाकालीसम्मको भूभागमा नाप जाँच गरिसकेको जानकारी दिनुभयो । मौसमले साथ दिए यसै आर्थिक वर्षभित्र डाटा प्रोसेसिङको काम सकेर त्यसको रिजल्ट निस्किन सक्ने पनि उहाँले बताउनुभयो । आउँदाे आर्थिक वर्षमा नारायणीदेखि मेचीसम्म नाप जाँचको काम हुने कार्यक्रम रहेको निवर्तमान मन्त्री तुम्बाहाम्फेकाे भनाइ छ । उहाँले विभिन्न अनलाइन प्रविधिको सुरुवात गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो कित्ता प्रविधि कार्यान्वयन भइसकेको छ । लाइडर प्रविधि, हाम्रो डाटा कलेक्शन गरिसकेपछि त्यो प्रोसेसिङ नेपालमै गर्ने र नेपालमा प्रयोग गरिसकेपछि त्यस्ता रअ मेटेरियल कसैले हाम्रो डाटा लिएर जान नपाउने गरी यहीँ छोडेर जानुपर्छ भन्नेमा मैले जोड दिएको छु ।’

उहाँले भूमि मन्त्रालय अन्तर्गत सेटिङको प्रयास हुने गरेको भन्दै त्यस्तो प्रकारको सेटिङलाई आफूले तोडेको पनि दाबी गर्नुभयाे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu