७ वटै प्रदेशमा बाल अस्पताल बनाइन्छः मन्त्री तामाङ
काठमाडौं-स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले देशका ७ वटै प्रदेशमा बाल अस्पताल बनाइने बताउनुभएको छ । कोरोनाको सम्भावित तेस्रो लहरबाट बालबालिकालाई जोगाउन सातै प्रदेशमा बाल अस्पताल बनाइने उहाँले बताउनुभयो ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बालबालिकाका लागि आइसीयू बनाउन पनि कार्यक्रम अघि बढाइने बताउनुभयो ।
उहाँले आम नागरिकको स्वास्थ्यमा पहुँच पुर्याउन बिमामार्फत् निःशुल्क उपचारको व्यवस्था मिलाउन अध्ययन गर्ने बताउनुभयो ।मन्त्रालयका प्रत्येक काम पारदर्शी रुपले गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।