Connect with us
Kapilvast Forest

मुख्यमन्त्री भट्टलाई सहयोग गर्ने प्रमुख प्रतिपक्षी कांग्रेसको निर्णय

२०७८, २५ जेष्ठ मंगलवारमा प्रकाशित

sudur paschim

 

काठमाडौं- सुदुरपश्चिम प्रदेशको प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सहयोग गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिनुपूर्व बसेको कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।

यता माधव नेपाल पक्षका सांसदहरुको बैठकले एमाले केन्द्रको ह्विप उल्लंघन गर्ने निर्णय गरेको छ। सुदुर पश्चिम प्रदेश एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गा विकले मुख्यमन्त्री भट्टकै पक्षमा मतदान गर्ने संसदीय दलबाट निर्णय भएको जानकारी दिनुभयो ।

एमाले केन्द्रले नेपाल पक्षका १५ जनालाई कारवाही गरेको थियो भने विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो। एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाउनुभभउको थियो ।

बाउन्न प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ। अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu