Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओली सच्चिंदैनन्, जनबलबाट परास्त गर्नुपर्छ :भट्टराई

२०७८, २५ जेष्ठ मंगलवारमा प्रकाशित

गोरखा – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनबलबाट परास्त गर्नुपर्ने बताउनुभउको छ ओलीको तानाशाही प्रवृत्तिले देश अध्याँरो सुरुङतर्फ धकेलिंदै गएको भन्दै उनले ओली सच्चिने अवस्था नरहेकाले जनबलबाटै परास्त गर्नुपर्ने बताउनुभयो ।

सोमबार गृहजिल्ला गोरखा आएका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै आफूले मध्यमार्गी बाटो अपनाउँदै राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह गर्दा ओलीले बेवास्ता गरेको बताउनुभयो । ‘केही समय अघि म आफैंले उहाँलाई भेटेर राष्ट्रिय सहमतिको सरकार बनाउँ, संविधान संशोधन, मधेशी थरुहट लगायतका मुद्दामा सहमति बनाएर जाउँ भने पनि टेरपुच्छर नलगाएको बताउनुभयो ।

 

देशी विदेशी प्रतिगमनकारी तत्वहरुसँग मिलेर ओलीले देशलाई गम्भीर संकटतर्फ धकेल्ने प्रयत्न गरिरहेको भट्टराईले आरोप लगाउनुभयो । बाहिर नक्कली राष्ट्रवादको कुरा गरेर भ्रम छरेपनि बाह्य शक्तिसँगको साँठगाँठमा प्रधानमन्त्री ओली गणतन्त्र परास्त गर्ने खेलमा लागेको उहाँको आरोप छ ।

‘प्रतिगमनकारी तत्वहरुले अध्याँरो कोठाभित्र बसेर जुन तानामाना बुनेका छन्, पूरै सेटिङमा राज्यको सबै अंग कब्जा गरी ध्वंस गर्ने योजना सफल पार्ने जुन सपना देखेका छन्, हामी सबै पार्टी मिलेर त्यसको प्रतिवाद गर्नुपर्छ,’ उहाँले भन्नुभयो । अहिले सतहमा देखिएकाभन्दा भित्री कुराहरु बढी गम्भीर रहेको भन्दै भट्टराईले पाँच दल मिलेर त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राख्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu