Connect with us
Kapilvast Forest

मन्त्रिपरिषद् विस्तारको तयारी, आज साँझसम्म शपथ हुनसक्ने

२०७८, २७ जेष्ठ बिहीबारमा प्रकाशित

mantralayaa

 

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । खाली रहेको मन्त्रालयमा सात मन्त्री तथा एक राज्यमन्त्रीले आजै शपथ लिने कार्यक्रम तय भएको नेकपा (एमाले) का नेताहरुले बताउनुभएको छ ।

आज साँझसम्म शपथ खानुहुने मन्त्रीहरुमा प्रायः नयाँ अनुहारको हुनुहुन्छ । यसअघि नाम चर्चामा रहेकाहरुको नाम मन्त्री बन्ने सूचीमा छैन । यद्यपि पद तथा गोपनीयताको शपथको समय अझै तय भइनसकेको शीतल निवासले जानकारी गराएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालकाअनुसार थपिने मन्त्रीहरुको सूची अझै शीतल निवासमा प्राप्त भइनसकेकाले शपथको समय निर्धारण भइसकेको छैन ।

आज शपथ खानुहुने मन्त्रीहरुमा खगराज अधिकारी गृह, नैनकला थापा सञ्चार तथा सूचना प्रविधि, नारदमुनी राना वन तथा वातावरण, ज्वाला कुमारी साह कृषि, गणेश पहाडी सामान्य प्रशासन, मोहन बानियाँ विनाविभागीय, राजकिशोर यादव उद्योग तथा आपूर्ति र आशा विक वन राज्यमन्त्री रहनुभएको बालुवाटार स्रोतले बताएको छ ।

मन्त्रीको शपथ खाने सूचना प्राप्त भएको नारदमुनी रानाले जानकारी दिनुभयो । साँझ ४ बजेका लागि शपथको खवर प्राप्त भएको पनि उहाँले बताउनुभयो । यसअघि मन्त्री बन्ने सूचीमा रहनुभएका युवा नेता महेश बस्नेतले आफूलाई शपथको कुनै जानकारी प्राप्त नभएको बताउनुभयो । आफू सूचीमा नपरेर होला खवर नभएको उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले यसअघि जेठ २१ गते शुक्रबार जनता समाजवादी पार्टी (जसपा) र एमालेका नेताहरु समेटेर मन्त्री परिषद विस्तार गर्नुभएको थियो । नेता माधवकुमार नेपाल पक्षका नेताहरुसँगको वार्ता जार रहेका बेला केही समय वार्ताको सहमतिका लागि प्रधानमन्त्री ओली कुर्नुभएको थियो । नेपाल पक्षका नेताहरु सहमतिमा आएमा केही मन्त्रालयको जिम्मेवारी दिने तयारी उहाँको थियो । तर वार्ता सफल हुन नसकेपछि आज मन्त्रिपरिषद विस्तार हुन लागेको नेताहरुको भनाई छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu