Connect with us
Kapilvast Forest

स्वास्थ्यमन्त्री तामाङको सम्पत्तिः १४ ठाउँमा जग्गा, २२ तोला सुन

२०७८, २७ जेष्ठ बिहीबारमा प्रकाशित

 

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले मन्त्री भएपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनी र उनकी पत्नी उषाकला राईको नाममा सिन्धुपाल्चोक र मोरङमा गरी १४ ठाउँमा जग्गा छ।

यस्तै मन्त्री तामाङले आफूसँग अहिले २२ तोला सुन रहेको उल्लेख गरेका छन्। यस्तै आफ्नो नाममा एउटा मोटरसाइकल र पत्नी उषाकला राईको नाममा एउटा कार रहेको उनले सम्पत्ति विवरणमा देखाएका छन्। यसैगरी उनीसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप रहेको विवरणमा जनाइएको छ।

यस्तै मन्त्री तामाङले अहिले आफूसँग २० लाख रुपैयाँको सेयर रहेको जानकारी दिएका छन्। उनले अहिले आफूलाई ३५ लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख गरेका छन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu