Connect with us
Kapilvast Forest

हरदौनामा पुग्यो एम्बुलेन्स

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

बृजेश यादव
कपिलवस्तु- कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं १० हरदौनामा एम्बुलेन्स पुगेको छ । महाराजगन्ज नगरपालिकाले खरिद गरेको दुई एम्बुलेन्स मध्ये एक एम्बुलेन्स हरदौना स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो । विहिबार एक समारोहमा नगर प्रमुख कलामले हरदौनाका वडा अध्यक्ष शैलेन्द्र कुमार चौधरीलाई एम्बुलेन्स हस्तान्तरण गर्नु भएको हो । हरदौनाका नागरिकको स्वास्थ सेवा पहुच पुर्याउन एम्बुलेन्स हस्तान्तरण गरिएको महाराजगन्ज नगरपालिकाको उपप्रमुख शुभावती कुर्मीले जानकारी दिनु भयो । एम्बुलेन्सले हरदौना क्षेत्रका सबै नागरिकलाई लाभ लिन उपप्रमुख कुर्मीले आग्रह गर्नु भयो ।
महाराजगन्ज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बेद प्रसाद खरेलका अनुसार महाराजगन्जमा दुई हप्ता पहिले खरिद गरिएको एम्बुलेन्सले अहिलेसम्म कोभिडको विरामिलाई सेवा दिदै आएको थियो अब वडामा हस्तान्तरण गरेको बताउनु भयो ।
एम्बुलेन्सपाएपछि महाराजगन्ज नगरपालिका वडा नं १० हरदौनाका वडाअध्यक्ष शैलेन्द्र कुमार चौधरीले नगरपालिकालाई धन्यवाद दिनु भयो । वडामा एम्बुलेन्स आएपछि वडाबासी खुसी भएका छन् ।
महाराजगन्ज नगरपालिकामा ४ एम्बुलेन्स सन्चालनमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu