Connect with us
Kapilvast Forest

चीनले नेपाललाई पाँचौ पटक स्वास्थ्य सामग्री प्रदान गर्ने

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

 

काठमाडौं-कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि चीनले नेपाललाई पाँचौ पटक स्वास्थ्य सामाग्री प्रदान गर्ने भएको छ । यस अघि चार पटक राहत सामग्री प्रदान गरी सकेको चीनले पुनः खोप लगायतका स्वास्थ्य सामग्री प्रदान गर्ने जनाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो ।

यस अघि चीन सरकार, तिव्वत सरकार, होङसी शिवम् सिमेन्ट,चाइना कल्चरल मेडिकल ग्रुपले कोभिड विरुद्धको १० लाख डोज खोप, अक्सिजन सिलिण्डर, आइसियु वेड, भेनि्टलेटर, अकि्सजन कन्सनट्रेटर, मास्क, स्यनिटाइजर लगायतका स्वास्थ्य सामाग्री राहत स्वरुप वितरण गरिसकेको छ । फेरि चीनले खोप लगायतका आवस्यक स्वास्थ्य सामग्री दिने प्रकृया शुरु गरेको मन्त्रालयले जनाएको छ ।

यस अघि प्राप्त स्वास्थ्य सामाग्री सातै वटा प्रदेश सरकार हुदै स्थानीयतहसम्म वितरण गरिसकेको र खोप समेत अग्रभागमा काम गर्ने कर्मचारी र ६० वर्षभन्दा माथि उमेर समुहलाई दोस्रो डोज लगाउन शुरु गरेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार हालसम्म चीन,भारत, स्पेन, अमेरिका, थाइल्यण्ड, जर्मनी लगायतका देश सहित ७८ वटा निकायले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ । सङ्क्रमण न्यूनीकरण गर्ने र स्वास्थ्य मापदण्डमा प्रयोग हुने सामग्री मात्र भन्दा पनि खोपमा बढी जोड दिएकाले दातृ निकायलाई समेत खोप सहयोग गर्न मन्त्रालयले सुझाव दिने गरेको जनाएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu