Connect with us
Kapilvast Forest

तरुण दल र नेबि संघद्धारा बिपन्न परिवारलाई घर निर्माण सामाग्री खाधान्न तथा लत्ताकपडा

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

कपिलवस्तु – सामाजिक कामकालागि हाम्रो अभियान, जहा दुःख त्यहा पुग्छ नेबि संघ र तरुण दल ’ भन्ने नाराकासाथ कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० स्थित एक बिपन्न परिवारलाई ईटाजस्तापाता सहीत निर्माण सामाग्री खाद्यान्न र लत्ताकपडा उपलबध गराइएको छ ।

तरुण दल कपिलवस्तु र नेबि संघले संयुक्तरुपमा पटनाको सोनपुरक बिपन्न परिवार प्रदीप कोहारलाई सो सामाग्री घर मै पुगी हस्तान्तरण गरिएको हो । ईटा जस्तापाता लगातयतका निर्माण सामाग्री चामल दाल नुन तेल, आटा नुन सर्फ सावनु, ड्रेस लगायतका गरी करिब ढेड लाख मूल्यका सामागी प्रदान गरिएको हो ।

तरुणका जिल्ला सभापति शक्ति सिंह ठकुरी र संघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल लगायतका टोली ती बिपन्न परिवारलाई सामाग्रही हस्तान्तरण गनर्’ भएको थियो रेका थिए ।

संघ र तरुण दलमा आबद्ध रहेको बिभिन्न ८ जनाले सो सामाग्रीकालागि सहयोग गर्नु भएको थियो । तरुण दलका जिल्ला सभापति ठकुरीले आफुहरुले बिपन्न परिवारकालागि घर निर्माणमा सहयोग गर्ने अभियान चलाएको बताउनु भयो । दुःखमा परेका बिपन्न परिवारलाई सहयोग गर्न आफुहरुले बिभिन्न काम गरीरहेको बताउनु भयो ।

‘ हक अधिकारकालागि राजनीति गर्ने नारा जुलु गर्ने मात्र होईन, सामाजिक उत्तरदायित्व बोक्दै हामी गरीब र बिपन्नको घर घरमा पुग्ने अभियानमा छौ ’ उहाँले भन्नु भयो । क्षेत्रीय सभापति पोख्रेलले आफुहरुले बर्षो देख चिलाएको अभियानले नेबि संघ र तरुण दल बिपन्न परिवारको सुख दुःखको साथी बन्दै गएको बताउनु भयो ।

आफुहरुको अभियान राम्रो भएकाले धेरै जनाले साथ दिएको बताउनु भयो । सामागूी पाएर हर्षित भएका प्रदीपले बर्षौ देखि टिनको घरमा बस्ने सपना पुरा हुने बताउनु भयो । पुस्ताऔ देखि झपडीमा गुजारा चलाउर्दै आएका उनले तरुण दल र नेबि संघ भगवान बनेर आफनो घरमा आएको बताउनु भयो । ‘ म जस्तो गरीबलार्ई सहयोग गरेर तरुण दल र नेबि संघले पुन्यको काम गरेको छ ’ उहाँले भन्नु भयो । कार्यक्रममा तरुण दल र नेबि संघका गरी दुई दजृन बढीको सहभागीता थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu