Connect with us
Kapilvast Forest

अब फोन गर्न साथ दमकल घटना स्थलमा : नगरप्रमुख अधिकारी

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

कपिलवस्तु-शिवराज नगरपालिकाले नगरपालिकाले दमकल खरिद गरी संचालनमा ल्याएको छ । नगरपालिकाले यस वर्षको योजनामा दमकल खरिदको लागि रु ८० लाख र एम्बुलेन्स खरिदको लागि रु ३२ लाख बजेट विनियोजन गरेको थियो ।

नगरमा केहि समय अघि दुई वटा एम्बुलेन्स खरिद गरी संञ्चालनमा ल्याएको थियो । एम्बुलेन्स खरीद गरे सगैँ धेरै रकम तिर्नुपर्ने बाध्यतामा राहत पुग्ने प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले बताउनुभयो

अहिले एम्बुलेन्सको लागि दुई जना चालक र दमकलको लागि २ जना फायरमेन र एक जना चालक नियुक्तिको प्रकिृयामा रहेको अर्यालले बताउनुभयो । दमकल संचालनको विषयमा भने कार्यपालिकामा छलफल पछि निर्णय हुने उहाँको भनाई छ ।

निर्वाचन पश्चात् आफूले दमकल र एम्बुलेन्स ल्याउन धेरै प्रयास गरेपनि यस वर्ष भने सफल भएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । विभिन्न प्राविधिक कारणले गर्दा वर्ष ल्याउन नसकिएको जनाउँदै अब नगरवासीहरुलाई सहज हुने बताउनुभयो ।

हावाहुरीको समयमा अत्यधिक आगलागीका घटनाहरु हुने तर नगरमा दमकल नहुँदा अन्य तहको भरमा बस्नुपर्ने वाध्यता रहेको स्मरण गर्नुभयो । “अब फोन गर्न साथ दमकल घटना स्थलमा पुग्छ, नगरप्रमुख अधिकारीले भन्नुभयो,“एम्बुलेन्सले नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह गर्ने छ,निम्न वर्गहरुको लागि विशेष छुट समेत गर्ने योजना छ, ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu