Connect with us
Kapilvast Forest

दाङमा आधा दर्जन सवारी साधन तोडफोड

२०७८, २९ जेष्ठ शनिबारमा प्रकाशित

दाङ- अज्ञात समूहले दाङको लमहीमा पार्किङ गरिराखेका आधा दर्जन सवारी साधन तोडफोड गरेको छ । लमहीको बिभिन्न स्थानमा पार्किङ गरी राखेका ती सवारी साधनमाथि इँट्टा र ढुंगा प्रहार गरी तोडफोड भएको प्रहरीले जनाएको छ ।

लमहीस्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणी खनालको भे १ च २८१२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले तोडफोड गरी पूर्णरुपमा क्षति पु¥याएको छ । यसैगरी सुरेश जैसवालको डिलक्स बसमा तोडफोड गर्दा आंशिक क्षति पुगेको वडा प्रहरी कार्यालय लमहीले बताएको छ ।

 

राति १२ बजेदेखि एक बजेको बिचमा सवारी साधनहरुमा तोडफोड भएको र प्रहरीकहाँ बिहान मात्र त्यसको सूचना आएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बताउनुभयो । घटनामा संलग्नको खोजी र घटनाबारे अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu