Connect with us
Kapilvast Forest

१४ औं महाधिवेशन सार्ने काँग्रेसको निर्णय

२०७८, २९ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं-नेपाली काँग्रेसमा पार्टीको १४ औं महाधिवेशन सार्न निर्णय भएको छ । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको हो ।

सभापतिले विशेषाधिकार प्रयोग आगामी केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने गरी पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गरेको काँग्रेसका एक नेताले बताउनु भयो ।

गत फागुनमा बसको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त कार्यतालिका अनुसार क्रियाशील सदस्यताको काम सम्पन्न नभएपछि अधिवेशनको तालिका पनि संशोधन गर्ने निर्णय भएको छ । असार पहिलो सात वडा तहको अधिवेशन गर्ने कार्यतालिकालाई संशोधन गरी तेस्रो सातापछि सारिएको छ ।आगामी दिनमा बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी बैठकमा भएको सहमतिलाई अनुमोदन गर्ने छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu