थारु पत्रकार सघं नेपाल कपिलबस्तुको पहिलो बैठक सम्पन्न
- राम अवतार चौधरी ,कपिलबस्तु साउन ३२।
थारु पत्रकार सघं नेपालको तेस्रो अधिबेशन पछि आज नयाँ कार्य समितिको पहिलो बैठक सम्पन्न भएको छ । थारु पत्रकार सघं शाखा कपिलबस्तुको अध्यक्ष श्याम बहादुर थारुको अध्यक्षतामा बसेको बैठकमा तेस्रो अधिबेशनको समिक्षको साथै बैठकले थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष उमा शंकर चौधरी, थारु पत्रकारका सघं शाखाको पुर्व सहसचिब द्धारिका प्रसाद थारु, थारु कल्याणकारी युवा सभाका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष श्रीनिवास चौधरी, शिबराज नगरपालिकाका उप–प्रमुख शिव कुमारी थारुलाई सल्लाहकारमा मनोनयन गरेको छ ।
यस्तै बैठकले थारु पत्रकार सघं नेपालको केन्द्रिय महाधिबेशन यहि भद्रा २० र २१ गते चितवनमा हुना लागेको कार्यक्रमको लागि जिल्लाबाट सात जना प्रतिनिधिलाई पठाउने निर्णय गरेको छ । त्यस्तै बैठकले आगामी दिनमा खोजमुलक पत्रकारिता गर्न उत्प्रेरित पार्ने, जनचेतनामुलक कार्यक्रम गर्ने र थारु समुदायलाई विशेष प्राथाकितामा राखी हरेक समुदायप्रति सकरात्मक सबल पक्षको मनोभावना विकास गर्ने लगायतको निर्णयमा थापसंघले जोड दिनुपर्नेे जिल्ला सचिव सरिता थारुले जानकारी दिईन् ।