Connect with us
Kapilvast Forest

विपक्षी नेतृत्वमा सरकार गठन पछि मुख्य न्यायाधिवक्ता घिमिरेद्वारा राजीनामा

२०७८, ३० जेष्ठ आईतवारमा प्रकाशित

पोखरा- एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार ढलेसँगै त्यहाँका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राजीनामा दिनु भएको छ ।विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएको भोलिपल्ट आइतबार बिहानै घिमिरेले मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिनु भएको हो । प्रदेश सभाको निर्वाचनद्वारा एमाले नेता गुरुङको नेतृत्वमा प्रदेश सरकार स्थापना भएपछि २०७४ फागुन २१ गते घिमिरे मुख्य न्यायाधिवक्तामा नियुक्त हुनु भएको थियो ।

तीन वर्ष ३ महिना सेवा गर्ने क्रममा आफूबाट कुनै कमी कमजोरी भएको भए क्षमा गर्न घिमिरेले गण्डकीका नागरिकसमक्ष अनुरोध गर्नु भएको छ । २०७८ जेठ ३० गते मिति उल्लेख राजीनामा पत्रमा घिमिरेले लेखेका छन्, ‘सबैमा हार्दिक कृतज्ञता र धन्यवाद ज्ञापन गर्दै मुख्य न्यायाधिवक्ताको पदबाट आजैका मितिबाट लागू हुनेगरी राजीनामा गरेको छु ।’ मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu