Connect with us
Kapilvast Forest

एसईईको आन्तरिक मूल्यांकन कार्यविधि दुई दिन भित्रमा सार्वजनिक गरिने

२०७८, ३० जेष्ठ आईतवारमा प्रकाशित

see

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० को आन्तरिक मूल्यांकन कार्यविधि दुई दिन भित्रमा सार्वजनिक गर्ने भएको छ। बोर्डले कार्यविधि तयार गरिसकेको र दुई दिन भित्रमा सार्वजनिक गर्ने जनाएको हो।

‘कसरी एसईईको लागि आन्तरिक मूल्यांकन गर्ने भन्ने कार्यविधि बनिसकेको छ,’ बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने,‘दुई दिन भित्रमा सार्वजनिक गर्छौ,त्यही आधारमा परीक्षार्थीले नम्बर पाउने छन्।’

उनले गत वर्षको भन्दा यसवर्ष फरक कार्यविधि बन्ने पनि बताए। जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा(१२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। तर,कोरोना संक्रमणदर बढ्दै गएपछि गत वैशाख २७ गते एसईई र कक्षा(१२ को परीक्षा स्थगित गरेको थियो।

अहिले सम्म पनि कोरोना संक्रमणको जोखिम कायमै भएपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। बोर्डका अनुसार करिब पाँच लाख विद्यार्थीको आन्तरिक मूल्यांकन गरिँदैछ।

कोभिड(१९ ले गर्दा २०७६ को एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो। यसको लागि स्कुलले जिम्मा पाएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu