Connect with us
Kapilvast Forest

काठमाडौं महानगरभित्र भोलिदेखि फेरि भेरोसेल खोप लगाउन थालिने

२०७८, ३० जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं– काठमाण्डौ महानगरपालिकाले साेमवार (भोलि) देखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित भएको कार्यक्रम भोलिदेखि दुई दिन सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६० र ६१ वर्ष उमेर समूहका जयेष्ठ नागरिकलाई खोप लगाउन सुरु गर्न जिल्ला स्वास्थ्य कार्यलय काठमाण्डाैले परिपत्र गरेअनुसार भोलिदेखि फेरि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार वीर अस्पताल, महाराजगञ्जमा रहेको शिक्षण अस्पताल, छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पताल र नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालमा गएर खोप लगाउन सकिनेछ ।

भोलिदेखि असार १ गतेसम्म चल्ने खोप कार्यक्रममा ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिसहित यसअघि भेरोसेलको पहिलो मात्रा लगाएकाहरू, स्वास्थ्यकर्मी, कोरोना सङ्क्रमितको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्स र प्यारामेडिक विद्यार्थी स्वास्थ्यकर्मीले पनि खोप पाउनेछन् ।खोप बिहान १० देखि दिउँसो ४ बजेसम्म लगाउन पाइने महानगरपालिकाले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu