कांग्रेसको क्रियाशील सदस्यताः ३३ जिल्लाका ६५ स्थानमा नामावली थप
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको बैठकले ३३ जिल्लाका ६५ स्थानमा नामावली थप गरेको छ ।
मितिको आइतबार बसेको बैठकले जिल्ला, निर्वाचन क्षेत्र र केन्द्रीय कार्यसमितिबाट उपलब्ध नामावलीलाई प्रक्रिया पुर्याएर सार्वजनिक गरेको छ ।
विवादरहित तरिकाले क्रियाशील सदस्यता सम्बन्धी कार्य सम्पन्न भएको कांग्रेसले जनाएको छ । यसअघि कांग्रेसले १०१ स्थानाको नामवली सार्वजनिक गरेको थियो ।
साथै हाल सार्वजनिक गरिएका र यसअघिका नामावलीमाथि कुनै उजुरी भए समितिको नाममा पार्र्टीको इमेल ठेगानामा पठाउन पनि अनुरोध गरेको छ । उक्त उजुरी असार ६ गतेभित्र पठाइसक्न बैठकले आह्वान गरेको छ ।