लुम्बिनी प्रदेश बजेटको प्रांथमिकता कोभिड केन्द्रित : योजना मन्त्री चौधरी
बुटवल- लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेटको प्रांथमिकता कोभिड केन्द्रित रहेको बताउनु भएको छ ।प्रदेश सभामा बजेट पेश गर्दै मन्त्री चौधरीले सडक पूर्वाधार नहर बनाउदौ गरौला स्वास्थ्य उपचारलाई ठीक बनाई पहिले बाँचौं भन्ने मान्यतालाई आत्मसात गरेर अघि बढेको बताउनु भयो ।
कोभिड १९ को नियन्त्रण र स्वास्थ्य सेवामा सर्वसाधरणको पहुच बढाउने, कृषि क्षेत्रको सुधार गरी प्रदेश अर्थतन्त्रमा कृषि क्षेृत्रकोे योग्दान बढाउने, रोजगारीको सृजना गर्ने, अधुरो योजना यथासिघ्र पूरा गर्ने, प्रदेशलाई लगानीको हबको रुपमा विकास गर्दे जाने प्रदेशबासीलाई कुनै न कुनै आर्थिक क्रियाकलापमा सहभागी गराउने वातावरण सृजना गर्ने लगायतको उद्देश्य प्रदेश सरकारले राखेको मन्त्री चौधरीले बताउनु भयो ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले निशुल्क रक्त संचार सेवा प्रदान स्वास्थ्य लुम्बिनीको पहिचानका लागि ५ करोड बजेट विनियोजन गरेको बताउनु भएको छ ।
त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन गरेको, मृगौला प्रत्यारोपणका लागि थप रु २ लाख , १६ वर्ष मुनिका क्यान्सर पिडितका लागि १ लाख थप बजेट विनियोजन , अस्पताल सुदृणिकरणका लागि १३ करोड बजेट, निशुल्क औषधीहरु अभाव हुन नदिन ३ करोड र उपकरणको सुनिश्चितताका लागि १९ करोड बजेट बिनियोजन र सरकारी अस्पतालमा डायलसिस सेवा विस्तारका लागि ५ करोड बजेट विनियोजन गदै जिल्लास्तरका सरकारी अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, कोभिड विरामीको निशुल्क उपचार गर्ने र स्तरीकरण गर्ने बताउनु भयो ।