Connect with us
Kapilvast Forest

युरोकप : पोर्चुगलविरुद्ध जर्मनीलाई जित्नैपर्ने दबाब

२०७८, ५ असार शनिबारमा प्रकाशित

 

काठमाडाैं- १६ औँ संस्करणको युरोकप फुटबलमा आज राति उपाधि दाबेदार मानिएका पोर्चुगल र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ।समूह ‘एफ’ का यी दुई टिमबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। पोर्चुगल जारी युरोकपमा लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ। पोर्चुगलले यसअघि हंगेरीविरुद्ध ३–० गोलको सहज जित निकालेको थियो।

३ अंक जोडेको पोर्चुगल समूहको शिर्ष स्थानमा रहेको छ। जर्मनी विरुद्धको आजको खेलमा पनि कप्तान क्रिस्टियानो रोनाल्डो मुख्य खेलाडीका रुपमा रहनेछन्। उनले हंगेरीविरुद्ध पेनाल्टीमार्फत दुई गोल गरेका थिए।

यद्यपी जर्मनीको घरेलु मैदान एलिनाज एरिनामा हुने खेलमा पोर्चुगललाई जित निकाल्न सहज भने छैन।

समूहको तेस्रो स्थानमा रहेको जर्मनीले यसअघि आफ्नै गल्तीका कारण फ्रान्ससँग १–० गोलको नमिठो हार ब्यहोरेको थियो। प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा जर्मनीका म्याट्स ह्युमेल्सले आत्मघाती गोल गरेका थिए।

सोही गल्तीका कारण जर्मनी समूहको तेस्रो स्थानमा पुगेको थियो। अघिल्लो चरणमा पुग्न जर्मनीलाई आजको खेल जित्नै पर्ने दबाब छ। हेड टु हेडका आधारमा यी दुई टिममा जर्मनी बलियो देखिएको छ।

यी दुईटिमबीच हालसम्म भएका १८ खेलमा जर्मनीले १० खेल जित्दा पोर्चुगलले तीन खेल मात्र जितेको छ भने बाँकी पाँच खेल बराबरी भएका थिए।

आजको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ।

त्यसअघि आजै साँझ उपाधि दाबेदार टिम फ्रान्स हंगेरीविरुद्ध मैदान उत्रनेछ। समूह ‘एफ’ का यी दुई टिमबीचको खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे पुस्कास एरिनामा हुनेछ। पहिलो खेलमा जर्मनी विरुद्ध १–० गोलको संघर्षपूर्ण जित निकालेको फ्रान्सले हंगेरीलाई हराउन सके नकआउट चरणको यात्रा पक्का गर्नेछ।

फ्रान्सका प्रशिक्षक डेस्च्याम्पले हंगेरीविरुद्धको खेलमा आफ्ना खेलाडी उच्च मनोबलका साथ मैदान उत्रने बताउँदै खेल आफ्नो पक्षमा पार्ने विश्वास ब्यक्त गरेका छन्। तर पहिलो खेलमा पोर्चुगलसँग ३-० गोलको हार ब्यहोरे पनि फ्रान्सविरुद्ध आफ्नो टिम पुरै शक्ति लगाएर मैदान उत्रने हंगेरीका प्रशिक्षक मार्को रोसीले बताएका छन्।

तर एन्टोनी ग्रिजम्यान, केलियन एम्बाप्पे, करिम बेन्जेमालगायतका चर्चित खेलाडीसामू हंगेरीको टिमलाई चुनौती भने पक्कै रहनेछ। यी दुई टिम मुख्य प्रतियोगिता दुई पटक खेल्दा दुबै पटक फ्रान्स विजयी भएको छ।

फ्रान्स यो जितको लयलाई कायम राख्न चाहन्छ। फ्रान्स समूहको दोस्रो स्थानमा रहेको छ भने हंगेरी पुछारमा छ।

युरोकप फुटबलअन्तर्गत आज हुने अन्तिम खेलमा स्पेन र पोल्याण्ड आमनेसामने हुनेछन्। स्टाडियो कार्टुजा रंगशाला स्पेनमा हुने समूह ‘इ’ का यी दुई टिमबीचको खेल राती पौने १ बजे सुरु हुनेछ।

पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै पोल्याण्ड स्लोभाकियाविरुद्ध २–१ ले पराजित भएको थियो। हालसम्म यी दुई टिम १० पटक आमनेसामने हुँदा स्पेनले ८ खेल आफ्नो पक्षमा पारेको छ भने १ खेल गुमाएको छ।

अर्को एक खेल भने बराबरीमा सकिएको थियो। जारी युरोकपमा १ अंक बटुलेको स्पेन समूहको तेस्रो स्थानमा रहेको छ भने अंकविहीन रहँदै पोल्याण्ड समूहको पुछारमा छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu