पत्रकारलाई खोपको लागि अन्तरिम आदेश
काठमाडौ -सर्वोच्च अदालतले पत्रकारलाई खोप उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्य तथा उपत्यका प्रदेश कमिटी कार्यसमिति सदस्य अधिवक्ता बिष्णुकुमार गिरी र अर्का अधिवक्ता लिलानाथ घिमिरेले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले माग गरे बमोजिम पत्रकारलाई खोप उपलब्ध गराउन अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा हालेको रिटमा आज सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो।
