जसपा लुम्बिनी प्रदेशद्वारा विपत ब्यवस्थापन समिति गठन,१ लाख ५४ हजार सकंलन
बुटवल– जनता समाजबादी पार्टी, नेपाल लुम्बिनी प्रदेश समितिले विपत ब्यवस्थापन समिती गठन गरेको छ ।
जसपा लुम्बिनी प्रदेशको आयोजनामा बसेको प्रदेश स्तरिय बैठकले बिपद ब्यवस्थापन समिति गठन गरेको जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिनु भयो ।
बैठकले हरी घर्ती मगरको संयोजकत्वमा १३ सदस्य विपत ब्यवस्थापन समितिले गठन गरेको अध्यक्ष यादवले जानकारी दिनु भयो ।
बैठकमा पार्टीका विभिन्न दाताहरुद्वारा रु १ लाख ५४ हजार संकलन भएको प्रदेश सदस्य रहिश शाहले जानकारी दिनु भयो ।
समितिले पार्टीका विभिन्न तह र तप्काका समितिसंग विपद ब्यवस्थापन कोषमा सहयोगका लागि अपिल समेत गरेको छ ।