Connect with us
Kapilvast Forest

आफैले बोकेको राइफल फड्केर सेनाका जवान घाइते, घाँटीबाट आँखामुनि पुग्यो

२०७८, ७ असार सोमबारमा प्रकाशित

पर्सा-नेपाली सेनाका जवान गोली लागेर घाइते भएका छन् । आफैले बोकेको राइफलको गोली लागेर २२ वर्षीय जवान घाइते भएका हुन् । सैनिक स्रोतका अनुसार पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् । उनको स्थायी घर पोखरिया नगरपालिका–५ सतवरिया हो ।

स्रोतका अनुसार उनको बायाँ चिउँडोको मुनि (घाँटीको भाग) र दाहिने आँखाको मुनि (अनुहारको भाग) मा एन–१६ राइफलको गोली लागेको हो ।

गणको कार्यालय भवन पछाडिको पोष्टमा सिपाही नरेश गुरुङसहित आइतबार साँझ ६ बजेदेखि ९ बजेसम्मको पोष्ट ड्युटीमा चौहान खटिएका थिए । ड्युटीमै रहेको बेला गएराति ८ः३५ बजे गोली पड्किएको आवाज आएको थियो । त्यतिखेर नरेश गुरुङ ट्वाइलेट गएका थिए । ब्यारेकभित्र रहेका सैनिकहरू गई पोष्टमा चढी हेर्दा श्यामबाबुले कोतबाट आफ्नै नाममा बुझेको एम १६ हतियारबाट एक राउण्ड फायर भएर घाइते अवस्थामा देखिएको थियो ।

उनलाई तत्काल उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रिफर गरिएको थियो । घाइते चौहानको गम्भीर अवस्थामा नेशनल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu