भारतमा आजदेखि रेष्टुरेन्ट, पार्क र छायांकन खुला
काठमाडौँ– महामारीको रुपमा फैलिएका कोरोना भाइरसको संक्रमण कम भएपछि भारतमा आजदेखि रेष्टुरेन्ट, पार्क र छायांकन खुला गरिएको छ ।
केहि महिना यता देखि संक्रमण घटेपछि भारतको अधिकांश राज्यहरुले यसअघि प्रतिबन्ध लगाइएका विभिन्न गतिविधिहरू खुला गरेका छन् ।
उत्तर प्रदेशमा दुई महिनाको प्रतिबन्धपछि आजदेखि रेष्टुरेन्ट खुला भएका छन् ।
सार्थै रेष्टुराँ तथा होटलमा ५० प्रतिशत उपस्थितिमा हप्ताको पाँच दिन खोल्न दिइएको हो । यस्तै शनिबार र आइतबार बाहेक बिहान ७ बजेदेखि राति ९ बजेसम्म नै पसलहरु सञ्चालनको अनुमति दिइएको छ ।
राजधानी नयाँ दिल्लीमा पनि आजदेखि रेष्टुराँ, बार, सार्वजनिक पार्क तथा उद्यानहरु खुला भएका छन् । उत्तराखण्डमा पनि बजार तथा रेष्टुराँहरु खुला भएका छन् । कर्नाटकमा आउटडोर छायांकनको समेत अनमति दिइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।