Connect with us
Kapilvast Forest

टिपरको ठक्करबाट रंगेलीमा मोटरसाइकल चालकको मृत्यु

२०७८, ८ असार मंगलवारमा प्रकाशित

accident

विराटनगर-पश्चिमतर्फ जाँदै गरेको ना४ख ३४९३ नम्बरको ट्रिफरले मंगलबार बिहान मोटरसाइकल चालकलाई ठक्कर दिएको हो।

मृत्यु हुनेमा प्र१-०२-०४३प ८०११ नम्बरको मोटरसाइकल चालक रतुवामाई-६ सौठा का ४२ वर्षीय तिलकराज खड्का रहेको प्रहरीले जनाएको छ।

बिहान सवा ९ बजे सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका खड्काको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको थियो।

ट्रिफर र चालक धनपालथान ६ का ३९ वर्षीय विद्या सागर रायलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ।