Connect with us
Kapilvast Forest

अदालतले राजनीतिलाई जटिलतातर्फ धकेल्यो : ज्ञवाली

२०७८, ८ असार मंगलवारमा प्रकाशित

pardip-gyawali.jpg

काठमाडौं- नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले अदालतको निर्णय अप्रत्याशित भएको बताउनु भएको छसर्वोच्च अदालतले पछिल्लोपटक थपिएका २० मन्त्रीलाई काम नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेपछि उहाँले यस्तो टिप्पणी गर्नु भएको हो ।

अदालतको यस्तो फैसला आउँछ भन्ने अनुमान गरेका थिएनौं। यो अप्रत्याशित फैसला छु उहाँले भन्नु भयो अदालतको आजको फैसलाले राष्ट्रिय राजनीतिलाई जटिलतातर्फ धकेलेको छ।’अदालत फैसलापछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नका लागि आफूहरू छलफलमा रहेको समेत बताउनु भयो ।

हामी अहिले छलफलमा छौँ, पार्टीको बैठकपछि कसरी अगाडि बढ्ने भन्नेबारेमा धारणा सार्वजनिक गर्छौुं उहाँले भन्नु भयो ।अब वर्तमान सरकारमा प्रधानमन्त्री केपी ओलीसहित उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र कानून मन्त्री लिलानाथ श्रेष्ठ मात्रै कायम हुनुन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj