घट्याे आज सुनचाँदीकाे मूल्य
काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज ३ सयले घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९१ हजार रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रूपैयाँमा काराेबार भएकाेमा आज ३ सय रूपैयाँ घटेकाे हो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रूपैयाँ रहेको छ ।