Connect with us
Kapilvast Forest

मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष शाक्यको निधन

२०७८, १० असार बिहीबारमा प्रकाशित

गुल्मी -मुसिकोट उधोग वाणिज्य संघका अध्यक्ष सुदर्शन शाक्यको ५५ वर्षको उमेरमा हृदयाघातका कारण उपचारको क्रममा निधन भएको छ। गत शनिवार उनलाई हृदयाघात भएपछि रुपन्देहीको गौतमबुद्ध अस्पतालमा उपचारको लागि लगिएको थियो।

गए राति ११ बजे उपचारकै क्रममा निधन भएको उद्योग वाणिज्य संघका सदस्य ज्ञानहरि सापकोटाले जानकारी दिए। मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाली कांग्रेस मुसिकोटका सभापति लगायत १९ वटा संघ संस्थाका प्रमुख रहेका उनलाई गुमाउनुपर्दा संस्थाहरुलाई ठूलो क्षति भएको सापकोटाले बताउनु भयो ।

यता, मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले सामाजिक र राजनीतिक ब्यक्ति गुमाउनु पर्दा नगरवासीलाई ठूलो क्षती भएको सुनाउनु भयो । राजनीतिक ,सामाजिक व्यक्तित्व एवं मुसिकोटका मणि गुमाउनुपर्दा पार्टी र समाजलाई गम्भीर क्षती पुगेको नेपाली काँग्रेस गुल्मीका सचिव खिल ध्वज पन्थीले बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu